अनलाइन उजुरी प्रणाली

कुनै पनि सञ्चारमाध्यमबाट प्रकाशित/प्रसारित कुनै पनि सामग्रीमाथि कसैको गुनासो वा असहमति रहेमा यस् प्रणालीको प्रयोग गरि कुनै पनि व्यक्ति वा संस्थाद्वारा संसारको कुनै पनि स्थानबाट प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिन्छ ।

प्रचलित सञ्चारमाध्यम मानिदै आइएको पत्रपत्रिका, रेडियो र टेलिभिजनबिरुद्ध कहिलेकाहिँ केहि मात्रामा आउने उजुरीलाई प्रेस काउन्सिल नेपालले कार्यालयमा नै उजुरी र गुनासोको सम्बोधन गर्दै आएको थियो । तर न्यु मिडियाको रुपमा चिनिएको अनलाइन सञ्चारमाध्यम बाहेक पछिल्लो समय युट्युबमा प्रकाशित हुने सामग्रीहरुमाथि आउने गुनासो र उजुरीको संख्यामा ठूलो मात्रामा बृद्धि हुन थालेपछि प्रेस काउन्सिल नेपालले अनलाइन उजुरी प्रणालीको निर्माण गरेको हो ।

पत्रपत्रिका
रेडियो
टेलिभिजन
अनलाइन
युट्युब
सामाजिक सञ्जाल