अनलाइन उजुरी प्रणाली
कुनै पनि सञ्चारमाध्यमबाट प्रकाशित/प्रसारित कुनै पनि सामग्रीमाथि कसैको गुनासो वा असहमति रहेमा यस् प्रणालीको प्रयोग गरि कुनै पनि व्यक्ति वा संस्थाद्वारा संसारको कुनै पनि स्थानबाट प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिन्छ ।
प्रचलित सञ्चारमाध्यम मानिदै आइएको पत्रपत्रिका, रेडियो र टेलिभिजनबिरुद्ध कहिलेकाहिँ केहि मात्रामा आउने उजुरीलाई प्रेस काउन्सिल नेपालले कार्यालयमा नै उजुरी र गुनासोको सम्बोधन गर्दै आएको थियो । तर न्यु मिडियाको रुपमा चिनिएको अनलाइन सञ्चारमाध्यम बाहेक पछिल्लो समय युट्युबमा प्रकाशित हुने सामग्रीहरुमाथि आउने गुनासो र उजुरीको संख्यामा ठूलो मात्रामा बृद्धि हुन थालेपछि प्रेस काउन्सिल नेपालले अनलाइन उजुरी प्रणालीको निर्माण गरेको हो ।
उजुरी गर्नुहोस्
कुनै पनि संचारमाध्यममा प्रकाशित/प्रसारित सामग्री विरुद्ध उजुरी गर्नका लागि तलको 'Send Complaint' लेखिएको लिंकमा क्लिक गरी त्यहाँ भएको फारम भरी उजुरी पठाउनुहोस ।